Logo

रोनाल्डो भन्छन : म ईतिहासकै उत्कृष्ट खेलाडी हुँ !

न्युजडेस्क
२०७७ जेठ १४ , बुधबार ११:०५ मा प्रकाशित

एजेन्सी । इटालियन क्लब युभेन्टसका पोर्चुगीस स्टार क्रिस्टियानो रोनाल्डोले आफू इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन् । ईटालीमा रोनाल्डोले दिएको पछिल्लो अन्र्तवार्ताका क्रममा उनले आफु पुर्ण खेलाडी भएको समेत उल्लेख गरे ।
अन्र्तवार्ताका क्रममा ५ पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डोले भनेका छन– म अरु कोहिलाई आफुभन्दा उत्कृष्ट भएको हेर्न सक्दिन, अरु खेलाडीले मैले जस्तो योगदान गर्न सक्दैनन, तर म अरुले जस्तो योगदान सहजै गर्न सक्छु ।
३५ बर्षिय रोनाल्डोले आफु पुर्ण खेलाडी भएको दाबी समेत गरेका छन् । बालोन डि ओरको उपाधि ५ पटक जितिसकेका रोनाल्डो भन्छन– म भन्दा पूर्ण खेलाडी अरु कोही पनि छैनन् । म इतिहासकै उत्कृष्ट खेलाडी हुँ– राम्रो अनि नराम्रो क्षणहरूमा ।’
रियल मड्रिडबाट २ बर्ष अघि सिरि ए टोली युभेन्टस आएका रोनाल्डोले फुटबल खेलाडीको मापन कुनै एक बिषयलाई मात्र आधार मानेर गर्न नहुने बताएका छन् । कडिनताबाटै सहजताको बाटो तय गर्न सकिने बताउदै उनले आफ्ना लागि आगामी दिन निक्कै चुनौतीपुर्ण हुने दाबी गरे ।
उनले भने–‘जब हार्मी धैर्य र स्थिर हुन्छौं अनि मात्र हामीले समस्याहरू पार गर्ने उपायहरू भेट्टाउँछौं । मेरो कठिन काम जारी छ, गाह्रो काम गरेर गाह्रो नै खेल्ने हो, ।
रोनाल्डो र लियोनल मेसीका बिच हरेक समय तुलनात्मक बिश्लेषण हुने गरेको सन्दर्भमा रोनाल्डोको पछिल्लो धारणा सार्बजनिक भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football रोनाल्डो
लोकप्रिय छुटाउनुभयो कि ?