Logo

म अनि मेरो समाज-कविता

कैलाश
२०७७ जेठ १३ , मंगलबार ०७:०५ मा प्रकाशित

सदिक्षा रेग्मी
लुट्टियो अश्मिता मेरो सङै आमाबुवाको
टुट्यो सपना मेरो सङै आमाबुवाको
पिडा त बस मैले सहेको थिए
आवाज उठ्यो परवरिश माथी आमाबुवाको

मेरो त्यो चीत्कार बस चीत्कार मात्र भयो
त्यसपछि त के जीवन दिक्दार भयो
गलत त अरुले गर्या थिए नि है
तर पापी म अनि मेरो पहिरन बनिदियो

नाङ्गिएको त शरीर बस मेरो थियो तर इज्जत सबैको
न्यायको लागि चाहिन्छ साथ समाज सबैको
दिइदैन दन्ड अनि घुम्छन खुला ती पापिहरु
अहिले त मैले मात्र भोगे पछि पालो नआओस सबैको

लाग्यो कलन्क म माथी अनि मेरो परवरिश्मा
उठेका थिए कयौं सवाल पनि मेरो परिभेशमा
समाजको त के कुरा टाढिए आफन्त जब
टुट्यो हिम्मत मेरो अनि पुगेछु बेहोसीमा

सोचे गल्ती मेरै थियो अनि त्यागे मैले जीवन
त्यसपछि त ओहो म बनिदिए महान
अब तह नचिन्नेले पनि बिचरा भन्न थालेछन
वाह मेरो समाज म मरेपछी मेरो न्यायको लागि लडएछन

Rest in peace अनि I am with फलानो
देखाउनलाइ यो त बस यहाको चलन न हो
म जिउदै हुदा त साथ दियौं समाज बलात्कारिको
मरेपछी justice for her भनेर पो के नै भो ??

तपाइको प्रतिक्रिया दिनुहोस ।
साहित्य
लोकप्रिय छुटाउनुभयो कि ?