Logo

बुण्डेशलिगामा आज शीर्ष टोलीबिचको भिडन्त

कैलाश
२०७७ जेठ १३ , मंगलबार ११:०५ मा प्रकाशित

एजेन्सी । जर्मन बुण्डेश लिगा फुटबलमा आज शीर्ष स्थानमा रहेका टोली वार्यन म्युनिख र वोरुसिया डर्टमण्ड एक अर्काबिरुद्ध प्रतिस्पर्धा गर्दैछन् । उपाधिका लागि तिब्र प्रतिस्पर्धामा रहेका यी दुई टोलीबिचको प्रतिस्पर्धा नेपाली समयानुसार राती साढे १० बजे सुरु हुनेछ । शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको वार्यनलाई उपाधि यात्रा बलियो बनाउन आजको खेलमा जित्नै पर्ने दबाव छ । उपाधि होड सहज बनाउन डर्टमण्डलाई पनि वार्यनबिरुद्धको खेल निक्कै महत्वपुर्ण छ । वार्यनलाई हराउनसके डर्टमण्डले शीर्ष स्थानको दुरी १ अंकमा झार्नेछ । घरेलु मैदानमा बिना दर्शक मैदान उत्रदा डर्टमण्ड स्पष्ट अंक हात पार्ने योजनामा हुनेछ ।
आजै मध्यराती थप ४ खेल हुनेछन् । मध्यराती साढे १२ बजे वार्यन लिभरकुशान र वुल्फवर्गस, फ्राङकफर्ट र फ्रिवर्ग, वेरडर ब्रेमेन र बोरुसीया मोन्चेन ग्लाण्डब्याच तथा आरबी लिप्जिङ र हार्थ बर्लिन प्रतिस्पर्धामा उत्रनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?