Logo

हल सिटीका दुई खेलाडीमा कोरोना

कैलाश
२०७७ जेठ १२ , सोमबार ०६:०५ मा प्रकाशित

एजेन्सी । इंग्ल्यान्डको च्याम्पियनसिप क्लब हल सिटीका दुई खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।इंग्लिस फुटबल लिगले गरेको परिक्षणमा हलका दुई खेलाडीमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।दोस्रो डिभिजन लिगका एक हजार बढी खेलाडीमा कोरोना परिक्षण गर्दा हलका खेलाडीमा कोरोना देखिएको बताईएको छ । क्लबले पनि दुई खेलाडीमा कोरोना देखिएको पुष्टी गरेको छ । खेलाडीको नाम भने गोप्य राखिएको छ ।यस्तै क्लबले दुवै खेलाडी सेल्फ आइसोलेसनमा रहेको जनाएको छ ।यस अघि शीर्ष लिग प्रिमियर लिगका ६ खेलाडीमा कोरोना देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?