Logo

आरबी लिप्जिङ बुण्डेश लिगाको तेस्रो स्थानमा

न्युजडेस्क
२०७७ जेठ १२ , सोमबार ०९:०५ मा प्रकाशित

एजेन्सी । आरबी लिप्जिङ बुण्डेश लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा माईन्जलाई ५–० को फराकिलो अन्तरले हराउदै लिप्जिङले शीर्ष टोलीमाथी दबाव बढाएको हो । उसलाई शानदार जित दिलाउन टिमो वार्नरले ह्याट्रीक गरे । युसुफ पुल्सेन र मार्सेल सबिट्जरले एक एक गोल गरे । खेलको ११ औ मिनेटमा पहिलो गोल गरेका वार्नरले ४८ र ७५ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । २७ खेलबाट ५४ अंक जोडेको लिप्जिङ दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा ३ अंकले पछि छ । गएराती नै दुसेलडर्फ र एफसी क्लोनले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । हिजोको पहिलो खेलमा अक्सवर्गले साल्केलाई ३–० ले हराएको थियो । जितले अक्सवर्गलाई तालिकाको १२ औ स्थानमा पुर्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?