Logo

भोलिबाट इटहरी उपमहानगरपालिका क्षेत्रका अत्यावश्यक पसलहरु खुल्ने

न्युजडेस्क
२०७७ जेठ ११ , आईतबार ०५:०५ मा प्रकाशित

भोलिबाट इटहरी उपमहानगरपालिका क्षेत्रका अत्यावश्यक पसलहरु खुल्ने भएका छन् ।इटहरी वडा नम्वर २ का एक युवकमा ६गते कोरोना भाइरसको पुष्टि भएपछि ५ दिनका लागि इटहरी २ र ३ सिल गर्ने निर्णय गरिएको थियो ।पाँच दिन सम्म बजार पूर्ण रुपमा बन्द हुदा सर्वसाधरणहरुले अत्यावश्यक सामान किन्न नपाएकाले भोलिबाट विहान ७ देखि १० बजे सम्म खोल्न पाईने भएको इटहरी उपमहानरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले जानकारी दिईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
इटहरी
लोकप्रिय छुटाउनुभयो कि ?