Logo

३२ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५४८ पुग्यो

न्युजडेस्क
२०७७ जेठ १० , शनिबार ०९:०५ मा प्रकाशित

कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८–८ तथा बारा, चितवन र काठमाडौका एक–एकजनामा संक्रमण पुष्टि भएको हो ।कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको हो।यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिका १८, २० (तीनजना), २१, २२, २३, २६ (दुईजना), २८, ३३ र ३५ (दुईजना) वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।यसैगरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० (दुईजना), २४ (दुईजना), २७, ३० (दुईजना), ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।यस्तै चितवनको भरतपुर–६ का ५२ वर्षे पुरुष, काठमाडौका ३५ वर्षे पुरुष तथा बाराको करैयामाइ गाउँपालिकाकी ३७ वर्षकी महिलामा पनि संक्रमण देखिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?