Logo

सेरेनालाई पछि पार्दै नाओमी बनिन सर्बाधिक कमाई गर्ने महिला खेलाडी

कैलाश
२०७७ जेठ १० , शनिबार ०९:०५ मा प्रकाशित

एजेन्सी । अमेरिकी सेरेना विलियम्सको दबदबाव तोड्दै २२ बर्षिया नाओमी ओसाका सर्बाधिक कमाई गर्ने महिला खेलाडी बनेकी छिन् । केहि बर्ष अघि मात्र टेनिस कोर्टमा पाईला चालेकी जापानी स्टार ओसाकाले छोटो समयमै ठुलो सफलता हात पारेकी हुन् । विश्व चर्चित फोब्स पत्रिकाले सार्बजनिक गरेको रिर्पोट अनुसार ओसाकाले पुरस्कार र प्रयोजकका माध्यमबाट मात्र ३० दशमलब ७ मिलियन पाउण्ड रकम प्राप्त गरेकि छन् ।
सेरेनाले २९ दशमलव ५५ मिलियन पाउण्ड आम्दानी गरेको फोब्र्सले जनाएको छ । सेरेनाको कमाई नाओमीको भन्दा १ दशमलब १५ मिलियनले कम हो । दुवैले रुसी खेलाडी मारिया सारापोभाको किर्तिमान पनि तोडेका छन् । सारापोभाले सन् २०१५ मा किर्तिमानी २४ दशमलव ४ मिलियन पाउण्ड आम्दानी गरेकी थिईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
सेरेना
लोकप्रिय छुटाउनुभयो कि ?