Logo

बर्लिन डर्बीमा हेर्थाको शानदार जित

न्युजडेस्क
२०७७ जेठ १० , शनिबार ०७:०५ मा प्रकाशित

एजेन्सी /जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा हेर्था बर्लिन क्लब विजयी भएको छ । ओलम्पिक मैदानमा भएकोख ेलमा हेर्थाले एफसी युनियन बर्लिनलाई ४–० ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा हेर्थाले चारै गोल दोस्रो हाफमा गरेको हो । उसका लागि इबिसेविकले ५१ औँ तथा लुकेबाकिओले ५२ औँ मिनेटमा गोल गरे ।

यसैगरी सान्तोस कार्नेइरो डा कुन्हाले ६१ औँ तथा बोयातालो ७७ औँ मिनेटमा गोल गरे । पश्चिम र पूर्व बर्लिनका क्लबबिचको खेल रोमाञ्चक थियो । जितपछि हेर्थाको २७ खेलबाट ३४ अंक भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेस लिगा
लोकप्रिय छुटाउनुभयो कि ?