Logo

कान्टे अभ्यासमा सहभागी नहुने, घरमै अभ्यासको अनुमती

कैलाश
२०७७ जेठ १० , शनिबार ०९:०५ मा प्रकाशित

एजेन्सी । चेल्सीका स्टार एन’गोलो कान्टेलाई घरमै प्रशिक्षण गर्न छुट दिईएको छ । कोरोना भाईरसको डरका कारण दोस्रो दिनको अभ्यासबाटै सामुहिक प्रशिक्षणमा नआएपछि उनलाई घरमै प्रशिक्षण गर्न छुट दिईएको हो । उनी मंगरबारको प्रशिक्षणमा सहभागी भएका थिए । २९ बर्षिय फ्रान्सेली फुटबर कान्टेलाई प्रशिक्षक फ्रायन्क लाम्पार्डले घरमै प्रशिक्षण गर्न अनुमती दिएका हुन् । कोरोना सक्रमणबाट मुक्त भएपनि उनमा पुन सक्रमणको डर रहेकाले घरमै प्रशिक्षणको अनुमती दिईएको चेल्सीले जनाएको छ ।
उनी निक्कै डर र मानसिक रुपमा पनि केहि कमजोर भएकाले उनकै चाहाना अनुसार घरमै प्रशिक्षणको अनुमती दिईएको प्रशिक्षक लाम्पार्डले जनाएका छन् । तुलनात्मक रुपमा कान्टेमा हरेक बिषयमा सामान्य व्यक्ति भन्दा बढि नै भय हुने गरेको छ । २ वर्ष अगाडि उनी चेल्सीका लागि अभ्यास गर्ने क्रममा बेहोस भएर मैदानमै ढलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?