Logo

लिग सकिएको ३ महिनापछि एन्फाले बुझायो टेक्निकल रिर्पोट

न्युजडेस्क
२०७७ जेठ ९ , शुक्रबार ११:०५ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगको टेक्निकल रिर्पोट राष्ट्रिय खेलकुद परिषद राखेपलाई बुझाएको छ । लिग सकिएको ३ महिना पछि एन्फाले लिगको रिर्पोट राखेपलाई बुझाएको हो । सहिद स्मारक लिग फागुनमा सकिएको थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राखेप सदस्य सचिव रमेश कुमार सिलवाललाई रिर्पोट हस्तान्तरण गर्नुभएको हो । फुटबलका गतिबिधिसंगै ए डिभिजन लिगमा सहभागी क्लब, बिजेता, कार्ड संख्या लगायतका बिषय रिर्पोटमा समाबेश गरिएको छ । १४ टोली सहभागी लिगको उपाधि मछिन्द्र क्लबले जितेको थियो । रिर्पोटमा एन्फाले सन् २०१९ मा सञ्चालन गरेको ग्रासरुट कार्यक्रममा मुलुकभर ८ हजार ६ सय ६ जना सहभागी भएको जनाएको छ । सुदुरपशिचम प्रदेशबाहेकका ६ प्रदेशमा सञ्चालन गरिएको सो कार्यक्रम अन्तर्गत सबैभन्दा बढि प्रदेश एकमा २ हजार ५ सय २० र सबैभन्दा कम कर्णाली प्रदेशमा ३ सय ५५ सहभागी भएको रिर्पोटमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?