Logo

म्यानचेष्टर युनाईटेडको खर्च २८ मिलियन पाउण्ड बढ्यो

न्युजडेस्क
२०७७ जेठ ९ , शुक्रबार ०९:०५ मा प्रकाशित

एजेन्सी । ईङलिस क्लब म्यानचेष्टर युनाईटेडले कोरोना माहामारीका समय आफ्नो खर्च निक्कै बढेको बताएको छ । तेस्रो चौमासीक अबधीमा युनाईटेडले २८ मिलियन पाउण्ड खर्च गरेको जनाएको छ । आगामी दिनहरुमा यो दर अझै बढ्ने उसको भनाई छ । युनाईटेडका वित्त प्रमुख क्लिफ बेटिले लिगको सिजन सकिदा यो रकम थप बृद्धि हुने बताएका छन् । युनाईटेडले टेलिभिजन ब्रोडकास्टर्स बापतमात्र २० मिलियन पाउण्ड भरपाई गरेको जनाएको छ । मार्चको पछिल्ला ३ सातामा मात्र आफ्नो खर्च ८ मिलियन पाउण्डभन्दा माथी गएको उनको भनाई छ । कोरोना माहामारीका समय युनाईटेडका ११ खेल रद्ध भएका थिए । मुख्य रुपमा कर्मचारीको तलब र टेलिभिजनको भरपाईमा आफ्नो रकम खर्च भएको युनाईटेडले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
म्यानचेष्टर युनाईटेड
लोकप्रिय छुटाउनुभयो कि ?