Logo

भारतीय क्रिकेटरमाथीको प्रतिबन्ध हटाउन माग

न्युजडेस्क
२०७७ जेठ ९ , शुक्रबार ०९:०५ मा प्रकाशित

एजेन्सी । भारतीय क्रिकेट टोलीका पुर्व व्याट्सम्यान रोबिन उथप्पाले भारतीय क्रिकेटरमाथी लगाईएको प्रतिबन्ध हटाउन माग गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले ईण्डिडन प्रिमियर लिग क्रिकेट आईपीएलबाहेकका फ्रेन्चाईज लिग खेल्न लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न उनले माग गरेका हुन् । बिबिसीसंग कुराकानी गर्दै उथप्पाले बोर्डको गलत नियमको मारमा भारतीय क्रिकेटर परेको भन्दै प्रतिबन्धको नियम सच्याउन माग गरेका हुन् । बोर्डको नियमनका कारण भारतीय क्रिकेट खेलाडीले विश्व चर्चित लिगबाट बञ्चित भएको भन्दै उथप्पाले लिगको स्तरअनुसार खेलाडीले सहभागीता पाउनुपर्ने बताएका छन् । यसअघि टोलीका सदस्य सुरेश रैनाले पनि यो बिषयमा बोर्डको ध्यानाकर्षण गराएका थिए । बोर्डको नियमका कारण भारतीय क्रिकेटहरु बिग बास, द हन्ड्रेड, क्यारेबियन प्रिमियर लिग र ईङल्याण्डको सुपर लिग जस्ता ठुला प्रतियोगीताबाट बञ्चीत रहदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
क्रिकेट
लोकप्रिय छुटाउनुभयो कि ?