Logo

विश्व पौडी च्यापियनसिप एक बर्ष पछि सर्यो

न्युजडेस्क
२०७७ जेठ ८ , बिहीबार ०५:०५ मा प्रकाशित

एजेन्सी । युएईमा आगामी डिसेम्बरमा हुने भनिएको विश्व पौडी च्याम्पियनसिप १ बर्ष पछाडी धकेलिएको छ । विश्व पौडीको सर्बोच्च निकाय फिनाले आज एक विज्ञप्ती जारी गर्दै प्रतियोगीता एक बर्ष पछि सारिएको जनाएको हो । विश्व पौडी चयाम्पियनसीप डिसेम्बर १५ देखि २० सम्म हुने तालिका रहेको थियो ।

फिनाले प्रतियोगीताको नयाँ मिती २०२१ को डिसेम्बर १३ देखी १८ का लागि तोकेको छ । प्रतियोगीताको मिती परिवर्तन भएपनि आयोजना भने आबुधाबीमै हुने फिनाले स्पष्ट पारेको छ ।
कोरोना भाईरसको माहामारीका कारण प्रतियोगीताको छनोट लगायतका प्रक्रिया पुरा हुन नसक्ने भन्दै फिनाले प्रतियोगीताको मिती परिवर्तन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
च्यापियनसिप
लोकप्रिय छुटाउनुभयो कि ?