Logo

२ साताको क्वारेन्टाईन बसाँईपछि रोनाल्डो प्रशिक्षणमा फर्किए

न्युजडेस्क
२०७७ जेठ ७ , बुधबार ०९:०५ मा प्रकाशित

एजेन्सी । २ साताको क्वारेन्टाईन बसाईपछि युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन् । पोर्चुगलबाट ईटाली फर्किएपछि उनी १४ दिन क्वारेन्टाईनमा बसेका थिए । उनी टोलीको दोस्रो दिनको प्रशिक्षणमा सहभागी भएका हुन् । युभेन्टसले सोमबारबाट सामुहिक प्रशिक्षण सुरु गरेको थियो ।
जुन १३ मा सिरि ए सुचारु हुने भएपछि सबै टोलीले आन्तरिक प्रशिक्षण सुरु गरेका हुन् । खेलाडीलाई मैदान उतार्नुअघि स्वास्थ्य परिक्षण गरिएको थियो । रोनाल्डोको पनि अन्य खेलाडीको जस्तै सामान्य रिपोर्ट आएपछि मैदान फर्किएका हुन् । उनी निजी सबारी लिएर प्रशिक्षण स्थल पुगेका थिए ।
३५ वर्षीय रोनाल्डो सम्मेलित युभेन्टस सिरि ए फुटबलको शीर्ष स्थानमा छ । यद्यपी दोस्रो स्थानको लाजिओभन्दा उ मात्र एक अंकले अघि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
रोनाल्डो
लोकप्रिय छुटाउनुभयो कि ?