Logo

वाटफोर्ट र बर्नलीका ६ जनामा कोरोना सक्रमण

न्युजडेस्क
२०७७ जेठ ७ , बुधबार ०९:०५ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्र्तगत वाटफोर्ट र बर्नलीका ६ खेलाडी र कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएको छ । क्लबको प्रशिक्षण सुरु गर्नुअघि गरिएको परिक्षणमा वाटफोर्टका एक खेलाडी र २ कर्मचारी तथा बर्नलीका ३ खेलाडीमा कोरोना सक्रमण भेटिएको हो ।
प्रिमियर लिगले पहिलो चरणमा ७ सय ४८ जनाको स्वास्थ्य परिक्षण गरेको थियो । सक्रमण भेटिएकाहरुको नाम सार्बजनिक गरिएको छैन् । उनीहरुलाई आईसोलेशनमा राखीएको छ । लिगले हिजोबाट क्लबलाई प्रशिक्षणको अनुमती दिएको थियो ।
गत मार्चबाट रोकिएको प्रिमियर लिग फुटबल जुनबाट सुचारु गराउने तयारीस्वरुप खेलाडीको आन्तरिक प्रशिक्षण सुरु भएको हो । प्रिमियर लिगमा अब ९२ खेल हुन बाँकि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?