Logo

प्रिमियर लिग लिडर लिभरपुल प्रशिक्षणमा फर्कियो

न्युजडेस्क
२०७७ जेठ ७ , बुधबार ०९:०५ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग लिडर लिभरपुल प्रशिक्षणमा फर्किएको छ । कोरोना महामारीका कारण दुई महिनासम्म सेल्फ क्वारेन्टाईनमा रहेका टोलीका खेलाडी मंगलबारबाट प्रशिक्षणमा फर्किएका हुन् । लिभरपुल लिग रोकिएपछि मैदान फर्कने पहिलो क्लब हो । जर्गेन क्लोप नेतृत्वको टोलीले सामाजिक दुरी कायम राख्दै सानो समुहको प्रशिक्षण सुरु गरेको हो ।
प्रशिक्षण सुरु गर्नुअघि टोलीका खेलाडी तथा कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको थियो । लिभरपुलले आफ्ना कोही खेलाडी र कर्मचारीमा कोरोना भाईरसको सक्रमण नदेखीएको जनाएको छ ।
प्रशिक्षणका क्रममा खेलाडीहरू आफ्नै सबारीमा आवश्यक सामाग्री लिएर मैदान पुग्नेपर्ने नियम बनाईएको छ । सोहि अनुसार सबै खेलाडी निजी गाडीमा सबै सामाग्री लिएर मैदान पुग्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?