Logo

प्रिमियर लिगका क्लबले आजबाट प्रशिक्षण सुरु गर्ने

कैलाश
२०७७ जेठ ६ , मंगलबार ०८:०५ मा प्रकाशित

एजेन्सी । प्रिमियर लिग क्लबहरुले आजबाट प्रशिक्षण सुरु गर्ने भएका छन् । लिग सञ्चालनका बिषयमा हिजो बसेको क्लबहरुको बैठकले तत्काल आन्तरिक प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो । पहिलो चरणमा क्लबहरुले व्यक्तिगत अभ्यास सुरु गर्नेछन् । सरकारले दिएको सुरक्षा निर्देशीका अपनाएर व्यक्तिगत प्रशिक्षण गर्ने क्लबहरुबिच समहती भएको हो । केहि दिनको व्यक्तिगत प्रशिक्षणपछि सामुहिक प्रशिक्षणमा जाने क्लबहरुले बताएका छन् । आगामी जुन १२ बाट लिग सुचारु गर्ने तयारी भएसंगै प्रिमियर लिग क्लबहरु प्रशिक्षणमा फर्कन लागेका हुन् । लिगले जारी गरेको बिज्ञप्तीमा भनिएको छ– स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षित वातावरणमा प्रशिक्षण गराउन क्लबहरुलाई आग्रह गरेका छौ । सबै क्लबले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्नेछ । जुनको दोस्रो साताबाट लिग सुचारु गर्ने भन्दै स्पेनिस ला लिगा र ईटालियन सिरि एका टोलीहरु पनि आन्तरिक प्रशिक्षणमा जुटिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?