Logo

जर्मन बुण्डेश लिगा फुटबलको पछिल्लो खेलमा वायर लिभरकुसान विजयी

न्युजडेस्क
२०७७ जेठ ६ , मंगलबार ०८:०५ मा प्रकाशित

एजेन्सी । जर्मन बुण्डेश लिगा फुटबलको पछिल्लो खेलमा वायर लिभरकुसान विजयी भएको छ । वेर्डर व्रेमेनलाई ४–१ ले हराउदै लिभरकुसानले चौथो स्थानको आरबी लिप्जिङमाथी दबाव बढाएको हो । खेलमा अधिकांश समय दबाव बनाएको लिभरकुसानले विपक्षीको पोष्टमा दर्जन बढि आक्रमण गरेको थियो । उसलाई सहज जित दिलाउन केई हाभर्टजले २ तथा मिचेल विसेर र किरिम डिमिरवेले एक एक गोल गरे । २६ खेलबाट लिभरकुशानको ५० र लिप्जिङको ५१ अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?