Logo

ला- लिगाका टोलीहरु आजबाट सामुहिक प्रशिक्षणमा

न्युजडेस्क
२०७७ जेठ ५ , सोमबार ११:०५ मा प्रकाशित

एजेन्सी । स्पेनी ला लिगा क्लबहरुले आजबाट सामुहिक प्रशिक्षण सुरु गर्दैछन् । त्यहाँको सरकारले दिएको मापदण्ड पुरा गरी टोलीले सामुहिक प्रशिक्षण सुरु गर्न लागेका हुन् । खेलाडीहरुको सामुहिक प्रशिक्षण सुरु गर्नु अघि सबै टोलीले आफ्ना खेलाडी, पदाधिकारी र कर्मचारीको स्वास्थ्य परिक्षण गरेका थिए ।
सामुहिक प्रशिक्षणमा एक पटकमा बढिमा १० खेलाडी मात्र सहभागी हुन पाउनेछन् । क्लबहरुले भिन्ना भिन्नै रुपमा खेलाडीलाई राखेर प्रशिक्षणको तयारी गरेका छन् । जुन दोस्रो साताबाट ला लिगाका खेलहरु सुरु हुने आशामा क्लबहरुले सामुहिक प्रशिक्षण सुरु गर्न लागेका हुन् । कोरोना माहामारीका कारण युरोपका अधिकांश लिग स्थगीत छन । शनिबारबाट जर्मन बुण्डेश लिगा सुरु भईसकेको छ । प्रिमियर लिगसंगै अन्य प्रतियोगीता सञ्चालनको तयारी बढ्दै जाँदा क्लबहरुले पनि मैदान उत्रनुअघिको तयारीलाई गति दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
ला लिगा
लोकप्रिय छुटाउनुभयो कि ?