Logo

बुण्डेश लिगाका खेलाडीलाई सुरक्षा गाईडलाईन सम्झाईने

कैलाश
२०७७ जेठ ५ , सोमबार ०६:०५ मा प्रकाशित

एजेन्सी । जर्मनीको शीर्ष डिभिजन लिग बुण्डेश लिगाका खेलाडीलाई व्यक्तिगत सुरक्षा गाईडलाईन पुन स्मरण गराईने भएको छ । कोरोना माहामारीपछि पुन सुरु भएको खेलमा खेलाडीले सुरक्षा निर्देशीका पालना नगरेको भन्दै लिगाले खेलाडीहरुलाई त्यसको पुर्ण पालना गर्न लगाउने निर्णय गरेको हो । पछिल्लो खेलमा हार्था बर्लिनका खेलाडीले गोल गरेका बेला निर्देशीका बिपरितको सेलिब्रेशन गरेपछि बुण्डेशलिगाले त्यसमा कढाई गर्न लागेको हो । लिगाका प्रमुख कार्यकारी रोर्बट लिनले त्यसमा कडाई गर्ने बताएका हुन ।
व्यक्तिगत सुरक्षाका लागि बनाईएको निर्देशीका सबैले मान्नुको विकल्प नभएको भन्दै उनले सबै खेलाडीलाई त्यसको स्मरण गराउने उल्लेख गरे । आगामी खेलहरुमा त्यो गल्ती नदोहोरिने गरी क्लब तथा खेलाडीलाई सचेत बनाउने उनको भनाई थियो ।
होफिनह्यामबिरुद्धको खेलका क्रममा हार्था बर्लिनका खेलाडीले गरेको व्यवहारबिरुद्ध कारबाहि आवश्यक नरहेको उनको भनाई छ । तर सामाजिक दुरीको मान्यतालाई कडाईका साथ पालना गराउन आफुहरु प्रतिबद्ध रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?