Logo

सिरि ए क्लबहरुले भोलीबाट सामुहिक प्रशिक्षण थाल्ने

न्युजडेस्क
२०७७ जेठ ४ , आईतबार ०९:०५ मा प्रकाशित

एजेन्सी । ईटालियन सिरि ए टोलीहरुले भोलीबाट सामुहिक प्रशिक्षण गर्ने भएका छन् । त्यहााको सरकारले सामुहिक प्रशिक्षणको अनुमती दिएसंगै सिरि ए टोलीले सामुहिक प्रशिक्षण सुरु गर्न लागेका हुन् । इटालियन प्रधानमन्त्री गिउसेप्पे कोन्टेले सिरी ‘ए’ क्लबहरूलाई सोमबारबाट सामुहिक प्रशिक्षण गर्न अनुमती दिएका थिए ।
यसै महिनाको सुरुवातबाट इटालियन क्लबहरुले व्यक्तिगत प्रशिक्षण सुरु गरेका थिए । सबै क्लब सामुहिक प्रशिक्षणका लागि सरकारको अनुमती प्रतिक्षा गरिरहेका बेला प्रधानमन्त्री कोन्टेले सामुहिक प्रशिक्षण थाल्ने घोषणा गरेका हुन् । कोरोना भाइरस महामारीका कारण सिरी ‘ए’ ९ मार्चबाट स्थगित छ । लिगमा अब १२ चरणका खेलहरु बाँकि रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?