Logo

सबै युरोपेली लिग अगष्टभरमा सकिन्छ : युईएफ अध्यक्ष सेफ्रिन

कैलाश
२०७७ जेठ ४ , आईतबार ०८:०५ मा प्रकाशित

एजेन्सी । युरोपेली फुटबल महासंघ युईएफएले आगामी अगष्टसम्ममा युरोपका सबै लिग सक्ने तयारी भईरहेको जनाएको छ । सन् २०१९/२० को सिजनका सबै खेलहरु अगष्टमा सम्पन्न गरी नयाँ सिजनको तयारी सुरु गर्ने युईएफएका अध्यक्ष अलेक्जेण्डर सेफ्रिनले बताए । कोरोना माहामारीका कारण रोकिएका केहि युरोपेली लिगहरु आगामी साताबाट सुचारु हुने बताउदै अध्यक्ष सेफ्रिनले युरोपका ८० प्रतिशत राष्ट्रिय लिग सम्पन्न हुने उल्लेख गरे ।
लिग सञ्चालनका बिषयमा आफुहरुसंग धेरै विकल्प भएपनि महासंघको कार्यकारी समितीको बैठक सबै लिगको मिती तय गर्ने उनको भनाई थियो । उनले भने–८० प्रतिशत भन्दा बढि मुुलुकका लिग सम्पन्न हुन्छन् । ती सबै हामी अगष्ट भित्रमा गरिसक्नेछौ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
युईएफए
लोकप्रिय छुटाउनुभयो कि ?