Logo

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कैलाश
२०७७ जेठ ४ , आईतबार १०:०५ मा प्रकाशित

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ।महाशाखाका अनुसार आज दिउँसो पूर्वी भागमा सामान्य बदली, मध्य र पश्चिमी पहाडी भागमा आंशिक बदली र बाँकी भागमा समान्यतया मौसम सफा हुनेछ । 

त्यस्तै, पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 
 
यस्तै, राति देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, पूर्वी भागका एकरदुई स्थानमा भने मेघ गर्जन, चट्याङ, असिना, हावाहुरीसहित वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस ।
मौसम
यो पनि हेर्नुहोस् : यस्तो छ आजको मौसम
लोकप्रिय छुटाउनुभयो कि ?