Logo

हावाहुरीसहित पानी पर्ने पूर्वानुमान

कैलाश
२०७७ जेठ ३ , शनिबार १०:०५ मा प्रकाशित

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी सोमबारसम्मको मुलुकका विभिन्न स्थानको मौस्म पूर्वानुमान गरेको छ । विभागकाअनुसार यो समयमा हावाहुरीसहित असिना पानी पर्ने छ ।

मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

दिउँसोसम्म पूर्वी, मध्य र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ । यस्तै आज राति पनि पूर्वी भू-भागका केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार र सोमबार पनि मुलुका मध्य तथा पश्चिमी क्षेत्रमा हावाहुरीसहित असिना पानीको सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
मौसम
यो पनि हेर्नुहोस् : यस्तो छ आजको मौसम
लोकप्रिय छुटाउनुभयो कि ?