Logo

साल्केबिरुद्ध बोरुसिया डर्टमण्डको शानदार जित

कैलाश
२०७७ जेठ ३ , शनिबार ०९:०५ मा प्रकाशित

एजेन्सी । कोरोना माहामारीका कारण रोकिएको जर्मन बुण्डेश लिगा फुटबल सुरु भएको छ । बुण्डेश लिगामा आजबाट रोकिएका २६ औ चरणका खेल सुरु भएका हुन् । दर्शक बिनाको रंगशालामा भएको खेलको पहिलो दिन बोरुसीया डर्टमण्ड र हेर्था बर्लिन विजयी भएका छन् । डर्टमण्डले साल्केबिरुद्ध ४–० को शानदार जित निकाल्दै शीर्ष स्थानको बार्यन म्युनिखसंगको दुरी एक अंकमा झारेको छ । डर्टमण्डको जितमा राफेल गुरेरोले २ तथा एर्लिङ हालाण्ड र थोर्गन हाजार्डले एक एक गोल गरे । २६ खेलबाट डर्टमण्डको ५४ अंक भएको छ । एक खेल कम खेलेको बार्यन म्युनिखको ५५ अंक छ ।
आजै भएको खेलमा हेर्था बर्लिनले होफिनह्यामलाई ३–० ले स्तब्ध पार्यो । वुल्फबर्गले अस्बर्गलाई २–१ ले हरायो ।
आजका २ खेल भने बराबरीमा सकिएका छन् । फ्रिबर्ग र आरबी लिप्जिङले एक एकको बराबरी खेल्दा दुसेलडर्फ र पाडेरवर्नले गोलरहित बराबरी खेल्दै अंक बा“डेका छन् ।
बुण्डेश लिगाका खेलमा रंगशालामा खेलाडी र केहि खेलपत्रकार मात्र थिए । फ्याङकफर्ट र मोन्चेन ग्लाडवाचबिचको खेल भने राती साढे १० बजे सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?