Logo

खाँदबारी नगरपालिका वडा नं ५ का कार्यवाहक अध्यक्ष निरौलामाथि शुक्रबार साँझ खुकुरी प्रहार

न्युजडेस्क
२०७७ जेठ ३ , शनिबार ०९:०५ मा प्रकाशित

खाँदबारी नगरपालिका वडा नं ५ का कार्यवाहक अध्यक्ष श्याम प्रसाद निरौलामाथि शुक्रबार साँझ खुकुरी प्रहार भएको छ । निरौलाको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।निरौला माथि खुकुरी प्रहार गर्ने स्थानिय सुरेश तामाङलाई नियन्त्रणमा लिएको छ ।निरौला पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको पिए, हिमाबि क्याम्पसका शिक्षक तथा प्रेस युनियन सङ्खुवासभाका पुर्व सभापति समेत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?