Logo

ईङल्याण्डको क्रिकेट टोलीले अर्को साताबाट प्रशिक्षण थाल्ने

कैलाश
२०७७ जेठ २ , शुक्रबार ०१:०५ मा प्रकाशित

एजेन्सी । ईङल्याण्ड क्रिकेट टोलीले अर्को साताबाट आन्तरिक प्रशिक्षण सुरु गर्ने भएका छन् । ईङल्याण्ड र वेल्स क्रिकेट बोर्डले अर्को साताबाट खेलाडीको स्किल प्रशिक्षण सुरु गर्ने जनाएको हो । कोरोना माहामारीका कारण खेलकुद गतिबिधि ठप्प रहदा क्रिकेट टोली मार्चयता मैदानबाहिर रहेको थियो ।
ईसीबीले विज्ञप्ती जारी गर्दै पहिलो चरणको प्रशिक्षणमा सरकारी नितीलाई ध्यानमा राखी खेलाडीलाई सुरक्षित रुपमा मैदान उतार्ने जनाएको छ । पहिलो २ साताको व्यक्तिगत प्रशिक्षणपछि सामुहिक प्रशिक्षण सुरु हुने बोर्डले उल्लेख गरेको छ ।
खेलाडीहरुलाई फरक ड्रेसीङ रुमसंगै बन्द रंगशालामा सामाजिक दुरी कायम राखेर प्रशिक्षणमा निकाल्ने बोर्डले जनाएको छ ।
बोेर्डका प्रबन्ध निर्देशक एस्ले गील्सले भने– हामी सरकारी नियमलाई आधार मान्दै सुरक्ष्ँीत रुपमा खेलाडीको प्रशिक्षणका लागि तायर छौ । यसलाई हामी क्रमश विस्तार गर्दै लैजानेछौ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
क्रिकेट
लोकप्रिय छुटाउनुभयो कि ?