Logo

टर्किका एक फुटबलरले आफ्नै ५ बर्षिय छोराको हत्या गरे

कैलाश
२०७७ जेठ १ , बिहीबार ०२:०५ मा प्रकाशित

एजेन्सी । टर्कीका फुटबलर केभर टोक्टासले पाँच वर्षीय छोराको हत्या गरेका छन् । सुपर लिगका पुर्ब खेलाडी टोक्टासले ५ बर्षिय छोरा काशिमको हत्या गरेको स्वीकार गरेका हुन् । छोराको हत्या गरेको ११ औ दिनमा उनले प्रहरी समक्ष आफुले हत्या गरेको स्वीकार गरेका थिए । ३३ बर्षिय पुर्बखेलाडी टोक्टासले सामान्य बिरामी भएको छोरालाई अप्रिल २३ मा अस्पाताल भर्ना गरेका थिए । उच्च ज्वरो आएपछि उनीहरुलाई अस्पातालबाट क्वारेन्टीनमा सारिएको थियो । क्वारेन्टीनमा छोरालाई श्वासप्रश्वास गर्न गाह्रो भएको भन्दै उनले डाक्टरलाई बोलाएका थिए । डाक्टर आउदा छोराको मृत्यु भईसकेको थियो । डाक्टरलाई उनले कोरोनाको कारण छोराको मृत्यु भएको हुनसक्ने आंशका गरेका थिए ।
स्थानीय प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उनले छोराको हत्या भएको स्वीकार गरेका हुन् । छोराले आफुलाई कहिल्यै माया नगरेका कारण अस्पातालमै सिरानीले १५ मिनेटसम्म नाक मुख थिचेर हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका थिए ।
उनलाई प्रहरीले हत्याको अभियोग सहित मुद्धा चलाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?