Logo

ला लिगा जुन २० बाट सुचारु हुन्छ : लेगानेश प्रशिक्षक जाभियर

न्युजडेस्क
२०७७ वैशाख २६ , शुक्रबार १०:०५ मा प्रकाशित

एजेन्सी । लेगानेशका प्रशिक्षक जाभियर अगुईरले स्पेनिस ला लिगा फुटबल आगामी जुन २० बाट सुचारु हुने बताएउनुभएको छ । कोरोना सक्रमणका कारण रोकिएको लिग जुन २० बाट सुचारु गर्ने बिषयमा क्लबहरु सहमत भएको उहाँले उल्लेख गर्नुभयो । ११ चरणका खेल बाँकि रहेकाले जुलाई २६ सम्मको समय राखेर तालिका निर्माणको गृहकार्य भईरहेको उहाँको भनाई छ ।
मेक्सीकन मिडिया मार्का क्लारोसंग कुराकानी गर्दै प्रशिक्षक जाभियरले सातामा ४ दिन खेल हुने गरी तालिका निर्माणको गृहकार्य अघि बढेको बताउनुभयो । शनिबार र आईतबारसंगै बुधबार र बिहिबारपनि लिगका खेलहरु हुने उहाँको दाबी थियो ।
अब सुरु हुने लिग स्वास्थ्य प्रोटोकललाई आत्मासाथ गरी सञ्चालन हुने प्रशिक्षक जाभियरले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
ला लिगा
लोकप्रिय छुटाउनुभयो कि ?