Logo

प्रदेश १ का थप ८ जनाले कोरोनालाई जिते, आज डिस्चार्ज हुँदै

न्युजडेस्क
२०७७ वैशाख २६ , शुक्रबार ०८:०५ मा प्रकाशित

प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनिहरुलाई आज (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।अस्ति मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । आज ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना प्रदेश १
लोकप्रिय छुटाउनुभयो कि ?