Logo

आज पनि देशभर बलदी, मेघगर्जनसहित वर्षाको सम्भावना

न्युजडेस्क
२०७७ वैशाख २६ , शुक्रबार ०७:०५ मा प्रकाशित

देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।शुक्रबार राति पनि देशका पूर्वी भूभाग लगायत मध्य र पश्विमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने तथा मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
मौसम
यो पनि हेर्नुहोस् : यस्तो छ आजको मौसम
लोकप्रिय छुटाउनुभयो कि ?