Logo

वैवाहिक बर्षगाठको अबसर पारि सामाजिक अभियन्ता डा. देव घिमिरेद्वारा बिरामी र कुरुवालाइ नि शुल्क खाना

न्युजडेस्क
२०७७ वैशाख २४ , बुधबार ०८:०५ मा प्रकाशित


बिश्व नै कोरोनाको महामारीबाट अक्रान्त भईरहेको र देश लक डाउनको स्थितिमा रहेका बेला यस्को प्रभाब सबै क्षेत्रमा परिरहेको बेला नेपालका बिभिन्न अस्पतालमा उपचाररत बिरामी र तिनका कुरुवा लाई खानाको समस्या परिरहेको बेलामा नेपाल बिध्यार्थी संघ, मोरङले बिराटनगर स्थित बिराट मेडिकल कलेजका बिरामी तथा तिनका कुरुवा लाई खाना को प्रबन्ध गरेको छ।बिगत १५ दिन देखि सो अस्पतालमा अाउने बिरामि तथा तिनका कुरुवा लाई खाना खुवाउन सुरु गरेको नेपाली कांग्रेसकाका नेता सुवास भण्डारीले बताउनुभयो। सम्पुर्ण होटलहरु लकडाउनले गर्दा बन्द रहेको र सबारि साधन पनि नचालिरहेको अवस्थामा बिरामि तथा तिनका कुरुवा लाई खानाको समस्या परेकोले सम्पुर्ण लाई खाना को ब्याबस्थापन गरियको नेता भण्डारीले बताएका छन। बिभिन्न समाजसेवी,नेता तथा कार्यकर्ताको सहयोगमा मेस संचालनमा ल्याईएको नेपाल बिध्यार्थी संघ, मोरङका सभापति देवचन्द्र घिमिरे ले बताए ।

सो क्रम मा अाजको खानाको ब्याबस्थापन चिकित्सक तथा युबा अभियान्ता डाक्टर देबराज घिमिरेले गरेका छन। डाक्टर घिमिरेको बैबाहिक बर्ष गाठ को अबसर पारेर , बिरामी तथा तिनका कुरुवाहरु लाई खानाको प्रबन्ध गरिएको चिकित्सक तथा युबा अभियान्ता डाक्टर देबराज घिमिरेले बताउनुभयो।बैबाहिक बर्ष गाठको उपलक्ष्यमामा समाजसेवा तथा यो कोरोनाको कहरमा समस्यामा परेका जनता लाई केहि भयपनि राहत होस भन्ने हेतुले नेपाल बिध्यार्थी संघ, मोरङले संचालन गरेको मेस मा सहयोग गरेको डाक्टर घिमिरेले बताए।सो कार्यक्रममा डाक्टर घिमिरे ले जस्तै अरु ले पनि सामाजिक सेवामा योगदान दिनुपर्ने र यो कोरोना कहरमा सबैले हातेमालो गरि कोरोना माथि बिजय हासिल गर्नुपर्ने नेपाली कांग्रेसका नेता अनुरोध शाहले बताउनुभयो। यस अघि नि डाक्टर घिमिरेले बिभिन्न सामाजिक सेवा गर्दै देश भरि बिपत मा परेका हरु लाई सहयोग गर्दै अाउनु भयको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?