Logo

प्रिमियर लिग तत्काल सुचारु नगर्न चिकित्सकको सुझाव

न्युजडेस्क
२०७७ वैशाख २४ , बुधबार ०७:०५ मा प्रकाशित

एजेन्सी । कोरोना सक्रमणको अवस्था पुर्णत सुधार नभएको भन्दै चिकित्सकहरुले यथास्थितीमा लिग सञ्चालन नगर्न चिकित्सकहरुले सुझाव दिएका छन् । लिगकै चिकित्सकहरुले खेलाडीहरुमा स्थास्थ्य चुनौती रहने भन्दै उनीहरुले यसमा ध्यान दिन आग्रह गरेका हुन् ।
लिग सुचारु गर्ने विषयमा छलफल गर्न भन्दै बसेको बैठकमा चार वटा क्लबका चिकित्सकले यस्तो सुझाव दिएका हुन् । उनीहरूले लिगका प्रमुखलाई यसबिषयमा लिखीत सुझाव दिएका हुन् ।

कोरोना सक्रमणको अवस्थामा केहि सुधार आएसंगै जुन १२ बाट लिगका खेलहरु सुचारु गराउने तयारी भईरहेको छ । चिकित्सकहरुले सक्रमणको अवस्था पुर्ण रुपमा नियन्त्रणमा नआएसम्म जोखीम कायम रहने भन्दै यस्तो सुझाव दिएका हुन् । सोहि मितीमा लिग सञ्चालन हुने भन्दै केहि क्लबहरुले व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?