Logo

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

न्युजडेस्क
२०७७ वैशाख २४ , बुधबार ०८:०५ मा प्रकाशित

धरानमा एकजना युवकले दुईजनामाथि खुकुरी प्रहार गरेका छन् ।र्इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार धरान ३ का विजय तामाङले खुकुरीले प्रहार गर्दा सोही स्थानका २५ वर्षीय उत्तम तामाङ र २४ वर्षीय सन्दीप तामाङ घाइते बनेका छन् ।मोबाइल ज्याकेटी राखेको विषयमा भएको विवादका कारण विजयले दुई युवामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।घटनामा संलग्न विजयलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
समाज
लोकप्रिय छुटाउनुभयो कि ?