Logo

देशभरको मौसम दिनभर कस्तो रहन्छ?

न्युजडेस्क
२०७७ वैशाख २४ , बुधबार ०८:०५ मा प्रकाशित

देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली भएको छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।पश्चिमी वायुको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भए पनि अघिल्ला दिनको तुलनामा मौसम सफा हुने जनाइएको छ ।बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले बदली तथा वर्षाको सम्भावना भने रहेको छ ।बुधबार दिउँसो पश्चात सामान्य बदली हुने मौसमविदले बताएका छन् । पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।राति देशभर आंशिक बदली रहने छ । पश्चिमी तथा पूर्वी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
मौसम
यो पनि हेर्नुहोस् : यस्तो छ आजको मौसम
लोकप्रिय छुटाउनुभयो कि ?