Logo

जेठ पाँचसम्म लकडाउन थप्ने सरकारको निर्णय

न्युजडेस्क
२०७७ वैशाख २४ , बुधबार ०२:०५ मा प्रकाशित

सरकारले जारी लकडाउनलाई जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ पाँच गतेसम्म लकडाउन थप्ने निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।पछिल्लो पटक सरकारले घोषणा गरेको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ ।यस्तै सरकारले भोलि (वैशाख २५) साँझ दीप प्रज्वलनका लागि आग्रह गर्ने निर्णय पनि गरेको अर्यालले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लकडाउन
लोकप्रिय छुटाउनुभयो कि ?