Logo

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी

न्युजडेस्क
२०७७ वैशाख २३ , मंगलबार १०:०५ मा प्रकाशित

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी पुगेको छ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १२ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ । हाल ३२ हजार १३८ जनामा संक्रमण सक्रिय अवस्थामा छ ।अहिलेसम्म कोभिड–१९ बाट भारतमा १५ सय ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ९ सयजनामा संक्रमण पुष्टि भएको छ । यस्तै १९५ जनाको कोभिड–१९ बाट भारतमा पछिल्लो २४ घण्टामा निधन भएको छ ।संक्रमण फैलिन नदिनका लागि भारतमा मे १७ सम्मका लागि लकडाउन लागु गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?