Logo

नेपालगञ्जमा थप नौजना कोरोना भाइरस संक्रमित, संक्रमित संख्या ६९ पुग्यो

न्युजडेस्क
२०७७ वैशाख २१ , आईतबार ०४:०५ मा प्रकाशित

नेपालगञ्जमा आइतबार नौजना कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६९ पुगेको छ।स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा यो जानकारी दिएको हो। संक्रमितमध्ये ५ जना पुरुष र ४ जना महिला छन्।स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको उमेर ७ देखि ५८ वर्षसम्म छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?