Logo

भारतबाट फर्किएर क्वारेन्टाइनमा जाँदै गरेका बृद्धको मृत्यु

न्युजडेस्क
२०७७ वैशाख २० , शनिबार ११:०५ मा प्रकाशित

भारतबाट फर्किएर क्वारेन्टाइनमा जाँदै गरेका बृद्धको मृत्यु भएको छ ।भारतको पिथौरागढमा आफन्तको घरमा गएर फर्किएका बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण चन्दले बिहीबार भारतबाट फर्किएका लुहारको पुर्चाैडी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राख्न लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए ।मृतक लुहार गत माघमा उपचारका लागि भन्दै भारतको पिथौरागढ गएका थिए । लुहारको अचानक मृत्यु भएपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?