Logo

अबकाे बिद्राेह ‘कृषि’ मा-कबिता

न्युजडेस्क
२०७७ वैशाख २० , शनिबार १०:०५ मा प्रकाशित

सेमन्त उपाध्याय

ठुला धरे माहाजनका हुक्का काे गुड गुड सँगै
तिम्रा मुटुका धड्कन ढुक ढुक मिलाउदै

पुस्तौ पुस्ता ले सुमसुम्याएका
तिमिलाई बाझाे राखेर

पलायन भएका बडाबा हरुले
तिम्रै काेख लाई तुह्याएर
कुन सम्बृद्दि का सपना देख्दै छन कुनि?

तिम्रा परिचित धाईअामा हरुले
रित्ताे काँख सुमसुम्याएर
मुटुमा सँगिन राेपेर बस्न सक्लान?

पुर्खा काे लास छाेप्ने कात्राे
सात पुस्ता ले चुकाउन नसकेका
ऋण स्याज ब्याज र प्याज
अब चुकाउने मुहूर्त आएकाे छ

नबसम्भ्रान्त सँगै
तिम्रा मालिक लाई पनि एउटै चिता
माथि राखेर एकाेहाेराे शँख फुक्नु छ

अब तिमि बाझाे रहनु पर्ने छैन
हराबरा सुन्दरि बनेर
रजस्वला काे तयारि गर्दै गर्नु

सप्तरँगी फूल फूलाएर सुगन्धित हुनु
ए बन्जर भई ढलेका हरुहाे
कुना काप्चा डिल कान्ला र भित्ता हरु

माेर्चाबन्दी कस्दै गर्नु
आन्दाेलन काे नेत्तृत्व तिमिले गर्ने छौ
ठुलाे आदिबेहेरि ल्याएर
तिमिले बिद्राेह कृषि मा गर्न पर्छ

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?