Logo

अक्षय कुमारको लक्ष्मी बम अब इदमा

न्युजडेस्क
२०७७ वैशाख २० , शनिबार ११:०५ मा प्रकाशित

बलिउड अभिनेता अक्षय कुमारले महिला पात्रको भूमिका निर्वाह गरेका फिल्म लक्ष्मी बम अब आगामी इदमा रिलिज हुने भएको छ । यो फिल्मको रिलिज तयारी हुँदै थियो । कोरोना संक्रमणका कारण भारतमा ४५ दिन लकडाउन गरिएको छ । जसका कारण उनको यो फिल्म रिलिज हुन सकेन ।अभिनेता अक्षय कुमारले यो फिल्मलाई आफ्नो लागतभन्दा दोब्बर पैसामा रिलिजको लागि बिक्री गरेका छन् । आफ्नो फिल्म लकडाउनका कारण रिलिज हुन नसकेकाले घाटा सहनुपर्ने उनलाई चिन्ता थियो ।

यसैबीच, उनको फिल्म लक्ष्मी बमलाई डिज्नी हटस्टार कम्पनीले प्रदर्शनका लागि किनेका हो । अक्षय कुमारको लागतभन्दा दोब्बर दिएर सो कम्पनीले सिनेमाको प्रदर्शन अधिकार किनेको हो ।हटस्टार कम्पनीले यो फिल्मलाई अब आगामी इदमा रिलिज गर्ने घोषणा गरेको छ । आफ्नो फिल्म लागतभन्दा दोब्बरमा हटस्टारले किनेपछि अभिनेता अक्षयकुमार चिन्ता मुक्त भएका छन् । यो फिल्मको नेटफ्लिक्स रिलिज अधिकार पनि हटस्टारले खरिद गरेको छ । सिनेमा बिक्री भएपछि आफूलाई अर्को फिल्म निर्माण गर्ने प्रोत्साहन मिलेको अभिनेता अक्षय कुमारले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?