Logo

ग्यारेजमा आगलागी हुदा ३ वटा कार जलेर नस्ट

न्युजडेस्क
२०७७ वैशाख १९ , शुक्रबार १२:०५ मा प्रकाशित

सुनसरी ईटहरी -९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी भएको छ । हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुदा तिन वटा कार जलेर नष्ट भएको छ । ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तिन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?