Logo

इटहरीमा ९ जनाको समूहले गरे किशोरीलाई बलात्कार

न्युजडेस्क
२०७७ वैशाख १९ , शुक्रबार १०:०५ मा प्रकाशित

इटहरीमा एक किशोरी बलात्कृत भएकी छिन् ।ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानबहादुर श्रेष्ठका अनुसार इटहरीको सिमरबनामा १७ बर्षीया किशोरीलाई ९ जना युवाहरुको समुहले बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको छ। आफुलाई गत वैशाख १४ गते राती सामुहिक बलात्कार गरेको भन्दै बिहीबार उजुरी आएको प्रहरीले जनाएको छ ।सोही उजुरीका आधारमा स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी पक्राउ परेका छन् । अन्य ७ जनालाई प्रहरीले खोजी गरिरहेको श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?