Logo

इटहरीको माया घरमा आश्रित किशोरीको मृत्यु

न्युजडेस्क
२०७७ वैशाख १८ , बिहीबार ०९:०४ मा प्रकाशित

इटहरीको माया घरमा आश्रित एक किशोरीको मृत्यु भएको छ । उनको हिजो मृत्यु भएको हो ।नाम, थर नखुलेकी उनी गत भदौबाट माया घरमा आश्रित रहेकी थिईन् । लाहानको एक सडकबाट ओरेक नेपालले भदौमा उनलाई उद्धार गरेको थियो ।माया घरका अनुसार उद्धारपछि उनलाई अस्पतालमा उपचार गरियो । उपचार गरेपश्चात पनि उनको कम्मरभन्दा तलको भाग चलेन । पूर्ण रुपमा बोल्न नसक्ने उनको नाम, थर, र परिवार पनि पहिचान नहुँदा समस्या हुँदै आएको थियो ।मृतक किशोरीको पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।सडकबाट उद्धार गरिएका चार दर्जन बढी माया घरमा आश्रित रहँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?