Logo

लक डाउनकै समयमा पाकिस्तानी क्रिकेटरको भिडियोबाट फिटनेश टेष्ट हुने

न्युजडेस्क
२०७६ चैत्र २७ , बिहीबार १०:०४ मा प्रकाशित

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड पिसीबीले आफ्ना क्रिकेटरको फिटनेश टेष्ट गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेटका प्रतियोगीताहरु अनिश्चित बनिरहेका बेला पिसीबीले खेलाडीहरुको फिटनेशलाई भने बिशेष ध्यान दिएको हो । घरेलु र अन्तराष्ट्रिय खेलका लागि सेन्ट्रल कन्ट्रयाकमा रहेका खेलाडीको भिडियोका माध्यमबाट फिटनेश परिक्षण गर्ने बोर्डले जनाएको हो । त्यसका लागि अप्रिल २० र २१ को समय निर्धारण गरिएको छ ।
यसअघि मार्च २३ र २४ मा फिटनेश परिक्षण गर्ने बोर्डको तयारी भएपनि कोरोना माहामारीका कारण रोकिएको थियो । प्रतिकुल परिस्थितीमा खेलाडीहरु आफ्नो स्तरमा कायमै रहुन भन्ने उदेश्यका साथ बोर्डले पछिल्लो कदम चालेको जनाएको छ ।
पाकिस्तान क्रिकेट टोलीका मुख्य प्रशिक्षक एवम छनोट संयोजक मिस्बाह उल हक र प्रशिक्षक यासिर मलिकले साताको सुरुवातमै खेलाडीहरुलाई उनीहरुको फिटनेशको दायित्व सम्झाउदै सन्देश पठाएका थिए । सोहि अनुसार बोर्डले टेष्टको मिति सार्बजनिक गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?