Logo

रियल मड्रिडले आफ्ना खेलाडीको तलब कटौती गर्ने

न्युजडेस्क
२०७६ चैत्र २७ , बिहीबार ०९:०४ मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्ना खेलाडीको तलब कटौती गर्ने भएको छ । कोरोना सक्रमणका कारण क्लबको आर्थिक गतिबिधि पनि ठप्प भएपछि रियलले १० देखी २० प्रतिशत तलब कटौती गर्ने जनाएको हो । रियलले आफ्ना फुटबल र बास्केटबल टोलीका खेलाडीको तलबलाई १० देखी २० प्रतिशतसम्म कट्टा गर्ने निर्णय गरेको हो ।
रियलले जारी गरेको विज्ञप्तीमा भनिएको छ– बोर्ड बैठकले गरेको सहमती अनुसार खेलाडी, प्रशिक्षक र कर्मचारीको तलब १० देखी २० प्रतिशत कटौती हुने सहमती भएको छ । यसले क्लबको लक्ष्य प्राप्तीमा केहि राहात मिल्नेछ ।
कोरोना सक्रमणका कारण स्पेनिस लिगका खेलहरु अनिश्चित बनेको छ । रियलले यस कठिन अवस्थामा साथ दिने सबैमा धन्यवाद समेत ज्ञापन गरेको छ । यसअघि एट्लेटिको मड्रिड र बार्सिलोनाले खेलाडीको तलब कटौती गर्ने घोषणा गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?