Logo

मेसीलाई उछिन्दै बालोन डी‘ओर जित्नु मेरो सपना हो– सादियो माने

न्युजडेस्क
२०७६ चैत्र २७ , बिहीबार १०:०४ मा प्रकाशित

एजेन्सी । लिभरपुलका फरवार्ड सादियो मानेले बालोन डी‘ओर जित्ने आफ्नो सपना भएको बताएका छन् । एक दैनिक पत्रिकासंगको कुराकानीमा मानेले अघिल्लो पटकको मनोनयमा आफु निक्कै उत्साहित भएको तर नतिजाले केहि निरास बनाएको बताए । द टाईम्ससंगको कुराकानीमा उनले मेसीलाई उछिन्दै डीओरको अबार्ड जित्नु आफ्ना लागी सबैभन्दा ठुलो सपना रहेको उल्लेख गरेका हुन् । अघिल्लो वर्ष मेसीले अवार्ड जित्दा च्याम्पियन्स लिग जितेका र सेनेगललाई अफ्रिका कप अफ नेशन्सको फाइनलमा पु¥याएका माने बालोन डी‘ओरको भोटिङमा चौथो स्थानमा थिए ।
अघिल्लो सिजन अफ्रिकन प्लेयर अफ दि इयरको उपाधि जितेका माने पछिल्लो समय उत्कृष्ट लयमा देखीएका छन् । सन् २०१६ मा ३० मिलियन पाउण्डमा लिभरपुल माने अहिले करियरकै उत्कृष्ट प्रर्दशन गर्न सक्षम छन् ।
मानेले भनेका छन– अघिल्लो सिजन मेसी नै बालोन डी‘ओरको हकदार थिए । तर, मेस्सीलाई उछिन्दै बालोन डी‘ओर जित्नु मेरो ठुलो सपना हो । आशा गर्छु कि मैले एक दिन बालोन डी‘ओर जित्नेछु’ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?