Logo

कोशि सेन्ट जेम्स कलेजद्वारा इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा १ लाख ११ हजार सहयोग

न्युजडेस्क
२०७६ चैत्र २४ , सोमबार ०३:०४ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएकाहरुलाई खाद्यान्न सहयोग जुट्ने क्रम जारी रहेको छ ।यसै क्रममा इटहरीमा रहेको कोशि सेन्ट जेम्स कलेजले इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा १ लाख ११ हजार सहयोग गरेको छ । इटहरीमा बसोबास गर्ने सम्पूर्ण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूका लागी यस कलेजले सहयोग गरेको अध्यक्ष मनु मन्जिलए बताए । साथै यस रकम हस्तान्तरण गर्न कोशी कलेजका प्रीन्सिपल अनन्त कुमार सुबेदी,कोशी स्कुलका अध्यक्ष रामकुमार कालाखेती र सि।यो।शसी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?