Logo

इटहरी जेसिजद्वारा इटहरी वार्ड नं. १० मा खाद्यान्न सामाग्री वितरण

न्युजडेस्क
२०७६ चैत्र २० , बिहीबार १०:०४ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएकाहरुलाई खाद्यान्न सहयोग जुट्ने क्रम जारी रहेको छ ।चीनको बुहान शहरबाट शुरुवात हुदैं विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) प्रकोप संक्रमण रोकथामका लागि देशव्यापी रुपमा लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरी मात्रका भरमा परिवार पाल्ने घरपरिवारलाइ दैनिक उपभोग्य वस्तुको अभावले भोकै बस्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै इटहरी जेसिजद्वारा इटहरी वार्ड नं. १० का वडा अध्यक्ष प्रकाश चौधरी लाइ रू ५१,०००/- बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

उक्त सामाग्री इटहरी जेसिजका अध्यक्ष जेसि माधव भट्टराईले वडा अध्यक्षलाई हस्तान्तरण गरेका थिए । जसमा चामल,दाल,नुन,तेल लगायतका अत्यावश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको उक्त कार्यक्रमको संयोजन इटहरी जेसिजका सामुदायिक क्षेत्रका उपाध्यक्ष जेसि मिशन पराजुलीले गरेका थिए । “कि मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो” भन्ने मुल मन्त्र लाई आत्मसात गर्दै र Sustainable Development Goals अन्तरगत रहेको Goal No। 2 – ZERO HUNGER

लाई मध्यनजरमा राखि तथा नेपाल सरकारको राहत वितरण नियमावली ‘एकद्वार राहत वितरण प्रणालि’ अनुसार इटहरी जेसिजले खाद्यान्न सामाग्री वितरण गरेको थियो ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा सरकारले पछिल्लो ८ दिनको लकडाउनको म्याद थपेकाले बिपन्न मानिसहरूको अवस्थालाई मध्यनजर गर्दै राहत वितरण गरिएको पराजुलीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?